आइतवार, असार ३, २०८१

कर्णालीमा थप ८ जनामा देखियो कोरोना, जम्मा संक्रमितको संख्या ४६ पुग्यो

  
कर्णाली टाइम्स बिहीबार, जेष्ठ १५, २०७७

जगतदल जनाला विक
सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ । बिहीबार दैलेखका ८ जना कोरोना भाइरस पुष्टि भएको छ । कर्णालीको सामाजिक विकास मन्त्रालयले दिएको जानकारीअनुसार प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखको नारायण नगरपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। बिहीबार थपिएकामध्ये १ जना वर्षदिनका बालक, ६ पुरूष र १ महिला रहेको प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्बर खड्काले जानकारी दिए ।

यो सँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४६ पुगेको हो । पछिल्लो समय भारतबाट कर्णाली प्रदेशमा फर्किने नागरिकहरुको क्रम ह्वात्तै बढेको छ। अहिलेसम्म संक्रमण देखिएकामध्ये अधिकांश भारतबाट आएकाहरू छन्। कर्णाली प्रदेशमा भारतबाट आउने नागरिकहरुका कारण कोरोनाको जोखिम बढेको छ ।

समाजिक विकास मन्त्रालयद्धारा जारी प्रेस विज्ञप्ति ।