सोमवार, मंसिर १७, २०८१

दैलेखका थप १४ जनामा देखियो कोरोना, कर्णालीमा जम्मा संक्रमितको संख्या ६० पुग्यो

  
कर्णाली टाइम्स शुक्रबार, जेष्ठ १६, २०७७


जगतदल जनाला विक
सुर्खेत । दैलेख नारायण नगरपालिकामा शुक्रबार थप १४ जनामा कोरोना पोजेटिभ देखिएको छ ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर परिक्षणका क्रममा थप १४ जनाको रिर्पोट पोजेटिभ देखिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए । उनकाअनुसार १७ देखि ५० बर्ष उमेर समुहका मानिसहरुलाई कोराना पोजेटिभ देखिएको हो । पोजेटिभ देखिएका उनीहरु सबै भारतबाट आएका हुन् । सुर्खेतबाट पठाइएक १ हजार ४० जनाको स्वाब परिक्षणको प्रारम्भिक परिक्षणमा नै १४ जनामा पोजेटिभ देखिएको थियो ।

दैलेख नारायण नगरपालिका २,३,४,६,८,९ र १० वडाका स्थानीयमा कोरोना पोजेटिभ देखिएको हो । दैलेख नारायण नगरपालिकामा यसअघि ८ जनामा कोरोना पोजेटिभ देखिएको थियो । शुक्रबार १४ जना थपिएसंगै दैलेखमा संक्रमितको संख्या ३० पुगेको छ ।

भारतबाट आउने नागरिकका कारण कर्णालीमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढदै गएको छ । कोरोना संक्रमित हुनेको संख्या ६० जना पुगेको छ । जस अनुसार सुर्खेतमा २८ जना, दैलेखमा ३० जना, मुगुका १ जना, सुर्खेतममा परीक्षण गरिएका बझाङका १ जना गरि संक्रमिको संख्या ६० पुगेको हो ।