शनिबार, माघ २६, २०८१

दैलेखको क्वारेन्टाइनमा मृत्यु भएका युवाको कोरोना रिपोर्ट पोजेटिभ, कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक

  
कर्णाली टाइम्स शनिबार, जेष्ठ १७, २०७७

जगतदल जनाला विक
सुर्खेत । दैलेखको क्वारेन्टिनमा आज (शनिबार) बिहान मृत्यु भएका युवाको कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ ।

दुल्लु नगरपालिका–११ का ३५ वर्षे युवाको आज बिहान अकस्मात् मृत्यु भएको थियो।

उनका ७९ जना साथीहरुसहित १० दिन अघिमात्रै भारतको गुजरातबाट गाउँ फर्किएका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनको कोरोना रिपोर्ट पोजेटिभ देखिएको नगर प्रमुख घनश्याम भण्डारीले जानकारी दिए ।
मृतकको दाहसंस्कारका लागि जिल्ला प्रशासनसँग सहकार्य भइरहेको भण्डारीले बताए । दुल्लु नगरपालिका–७ मा रहेको नेपाल विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टिनमा बसेका ३५ वर्षिय त्यी युवा जेठ ७ गते भारतबाट आएर नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका थिए ।