शनिबार, भदौ २९, २०८१

राति नै जंगलमा गाडियो कोरोना संक्रमितकाे शब

  
जगतदल जनाला विक आइतवार, जेष्ठ १८, २०७७

सुर्खेत । कोरोना संक्रमणबाट मृत्यु भएका पहिलो व्यक्तिको शब शनिबार राति नै व्यवस्थापन गरिएको छ । नेपाली सेनाको सहयोगमा दुल्लु नगरपालिकाले शब व्यवस्थापन गरेको हो ।

नगर प्रमुख घनश्याम भण्डारीका अनुसार दुल्लु नगरपालिका–५ मा रहेकाे शिद्धस्थली जंगलको बीचमा शब व्यवस्थापन गरिएको हो । ‘दैलेख बजारबाट आएको नेपाली सेनाको मेजरको टोलीले शब जंगलसम्म पु¥यायो, नगरपालिकाले डोजरले खनेर व्यवस्थापन ग¥यो,’ उनले भने, ‘समयमै व्यवस्थापन गर्दा सहज हुने भएकोले हिजो राति नै यो काम गरिएको हो ।’ शब व्यवस्थापन गर्दा सुरक्षाका सबै विधि पूरा गरिएका उनले बताए ।

भारतको गुजरातबाट आएका ३५ वर्षीय व्यक्तिको शनिबार बिहान क्वारेन्टाइनमै मृत्यु भएको थियो । उनी चिया पिएर बेडमा जा“दै गर्दा एक्कासि बेहोस भएर लडेका थिए । उनको स्वाबको रिपोर्ट पोजिटिभ आएपछि संक्रमितको शबलाई व्यवस्थापन गर्ने विधिअनुसार बस्तीदेखि टाढाको जंगलको बीचमा व्यवस्थापन गरिएको हो ।