आइतवार, चैत्र ९, २०८१

आरडीटी पोजेटिभ देखिएपछि क्वारेन्टाइमा राखिएका ४ जनालाई सारियो भैंसी गोठमा

  
जगतदल जनाला विक आइतवार, जेष्ठ १८, २०७७

 

दैलेखको भैरवी गाउँपालिकाले भैंसी गोठमा राखिएका आरडीटी पोजेटिभ । तस्बिर: गोविन्द केसीको फेसबुकबाट

सुर्खेत ।  दैलेखको भैरवी गाउँपालिकाले र्यापिड टेष्ट (आरडीटी) पोजेटिभ देखिएपछि क्वारेन्टाइमा राखिएका ४ जनालाई भैंसी गोठमा सारेको छ । आरडीटी पोजेटिभ देखिएपछि संक्रमणको खतरा हुने भन्दै उनीहरुलाई स्थानीय एक व्यक्तिको भैंसी गोठमा राखेको स्थानीयको भनाई छ । १० दिनअघि भारतबाट आएका उनीहरुलाई भैरवी गाउँपालिका–३ को देउती आधारभुत विद्यालयमा स्थापना गरिएको क्वारेन्टिनमा राखिएको थियो। आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि स्कुल नजिकैको एक सनीयको भैंसी गोठमा चारै जनालाई शनिबार दिउँसोदेखि सारिएको हो ।

गाउँपालिका अध्यक्ष प्रेम बुढाले आरडीटी पोजेटिभ देखिएपछि उनीहरुलाई क्वारेन्टिनबाट निकालेर गोठमा राखिएको बताए। ‘क्वारेन्टिनमा रहेका अरुलाई पनि कोरोना सर्न सक्ने भएकाले स्कुल नजिकैको व्यक्तिको भैंसी गोठमा राखेको र अब कहाँ राख्ने भन्ने आफुहरुको सल्लाह भइरहेको अध्यक्ष बुढाले बताए ।