सुुुुर्खेत । प्रतिनिधि सभा सांसद पार्वती विशुन्केले आफ्नो गृृह जिल्ला दैलेखमा स्वास्थ्य सामग्री पठाएकी छन्। दैैैैलेखमा कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण जिल्लामा आवश्यक स्वास्थ्य सामग्रीहरु आइतबार पठाएको उनले बताइन् । सांसद विशुन्केलेे पठाएका सामग्रीहरु सोमबार आज जिल्लामा पुग्नेछ । कर्णाली प्रदेशमै पहिलो पटक ५ जेठमा दैलेख आठबिसका एक पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि लगातार संक्रमितहरु थपिँदै गएको छ । आइतबार साँझसम्म १६६ जना पोजेटिभ देखिएका छन् भने एकजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।
“समानुपातिक सांसदहरुले काम गर्दैनन्, जिल्लाका जनताप्रति उत्तरदायी हुँदैनन् भन्ने खालको सोच छ तर यो बन्दाबन्दीमा काठमाडौं बसेर सँधै जिल्लाको आवश्यकता पुरा गर्नतिर लागिरहेँ ।” उनले भनिन् ।
सांसद विशुन्के दैलेख जिल्ला नेकपाबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभामा प्रतिनिधित्व गर्छिन् ।