शनिबार, भदौ २९, २०८१

कर्णाली प्रदेश प्रतिपक्षी संसदीय दलका नेता शाही भन्छन् ‘महामारी विरुद्ध प्रदेश सरकारले केटाकेटीपनका निर्णय गर्यो’

  
जगतदल जनाला विक बुधबार, जेष्ठ २१, २०७७
प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही

सुर्खेत । कर्णाली प्रदेश प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले महामारी प्रकोप नियन्त्रणमा प्रदेश सरकारले केटाकेटीपनका निर्णय गरेको बताएका छन् । सरकारले यहि जेठ १८ गते गरेको  साविक कर्णालीका विद्यालय खोल्ने, यार्सागुम्बा टिप्ने जस्ता निर्णयहरु केटाकेटीपको कार्य भएको बताए ।
प्रदेश सरकारलाई तयारीका लागि लामो समय पाएको भए पनि कोरोना नियन्त्रणका गर्न कुनै प्रयास नगरेको नेता शाहीले बताएका ।
‘प्रदेश सरकारले क्वारेन्टाइन बनाउने, परीक्षण किट ल्याउने तयारी तिब्र पार्नुको साटो केटाकेटीपनले काम गरेको छ,’ मंगलबारे भर्चुअल पत्रकार सम्मेलनमा नेता शाहीले भने, कर्णालीका १० वटै जिल्लामा पीसीआर मेसिन राखेर थप परीक्षणको दायरा बढाउन आवश्यक रहेको छ ।’
व्यवस्थापन राम्रोसँग गरौं भनेर सरकारसँग बारम्बार समन्वय गर्दा पनि सरकारले नमानेको नेता शाहीको भनाई छ ।
अहिलेको सरकार आगामी चुनाव कसरी जित्ने भनेर पैसा कमाउन तिर लागेको शाहीले आरोप लगाए । ‘महामारी बेला कमाउने मौकाका रुपमा लिएका छन्’ उनले भने, ‘देशलाई लकडाउनमा राखेर आफु हेलिकोप्टरमा सयर गर्ने ।’
प्रदेश सरकारले कोरोना नियन्त्रण र रोकथामका लागि प्रभावकारी काम गर्न नसकेको शाहीले बताए ।
भारतबाट कर्णालीकामा आउने नागरिकको व्यवस्थापनलाई सरकारले विशेष जोड दिन नेता शाहीले सुझाव दिए ।
सबै पालिकामा जनसंख्याको आधारमा सबै व्यवस्थापन गर्नु पर्नेमा सरकार अझै पनि अलमलमा भएको बताएका छन् । जनतालाई भुमरीमा पार्ने कार्यको अन्त्य गर्दै सबै नागरिकको आरटिडी गरि उपचार पक्रिया अगाडी बढाउनुपर्ने बताए ।