शनिबार, असार २, २०८१

भारतबाट आएका नागरिकलाई पुर्याएर फर्किएको बस दैलेखमा दुर्घटना हुँदा चालकको मृत्यु

  
जगतदल जनाला विक बुधबार, जेष्ठ २१, २०७७

सुर्खेत । दैलेखको घोडावासमा गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधवार बेलुका ५ बजेटिर दैलेखको तल्लो डुंगेश्वरबाट कञ्चनपुर जाँदै गरेको ना ५ ख १६८५ नम्बरको बस दैलेखको गुराँस गाउँपालिका–४ घोडावास नजिक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुरको भिमदत्त नगरपालिका–५ का ४५ बर्षीय गाडी चालक कल्याणसिंह बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । भिमदत्त नगरपालिका–५ कै सहचालक जयराज अवस्थी घाईते भएका छन् । उनलाई उपचारका लागि सुर्खेत ल्याउन लागिएको छ । प्रहरीका अनुसार बस सडकबाट अन्दाजी ३०० मिटर तल खसेको छ । उक्त बस भारतबाट आएका नागरिकलाई पु¥याउन दैलेख गएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिए