शुक्रबार, फागुन १८, २०८०

कर्णालीमा संक्रमितको संख्या ३ सय ८९ पुग्यो, दैलेखमा मात्र ११३ थपिए

  
कर्णाली टाइम्स बिहीबार, जेष्ठ २२, २०७७

सुर्खेत । कर्णालीमा बिहीबार थप १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये १ सय १३ जना दैलेखका छन् । १ जना मुगुका छन् । अब कर्णालीमा संक्रमितको संख्या ३ सय ८९ पुगेको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा दैलेखका १ सय ६ जना र प्रदेश अस्पताल सुर्खेतको पशुपंक्षी रोग अन्वेशण प्रयोगशालामा ८ जनामा कोरोना पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार बुधबारसम्म कर्णालीमा २ सय ७८ जनामा संक्रमण पुष्टि भएको थियो । यद्यपि मन्त्रायलयले ३ जनाकाे भूलवस रिपाेर्टिङ गलत भएकाे भन्दै सच्याएकाे छ ।