बुधबार, बैशाख १०, २०८२

पुर्व सञ्चार राज्यमन्त्री विष्टले भने ‘सरकारी पदमा बसेका सबैको सम्पत्ति छानबिन हुनुपर्छ’ (भिडिओसहित)

  
कर्णाली टाइम्स आइतवार, जेष्ठ २५, २०७७

 

सुर्खेत । पुर्व सञ्चार राज्यमन्त्री तप्त बहादुर विष्टले पञ्चायत कालदेखि हालसम्म सरकारी पदमा बसेका सबै व्यक्तिको सम्पत्ति छानबिनहुनुपर्ने बताएका छन् ।

उनले पञ्चायत कालदेखि हालसम्म सहायक मन्त्री, राज्यमन्त्री, प्रधानमन्त्री, सिडियो, मुख्य सचिव, डिएसपी, आईजिपी, राजनीतिक नियूक्ति पाएका व्यक्तिहरु र,द्वन्द्व कालको समयमा नेतृत्व गरेकाहरु सबैको सम्पत्ति छानबिन गरि सत्य तथ्य पत्ता लगाउन सरकारलाई सुझाव दिए ।

कोरोनाको महामारीका बेला विभिन्न दातृ निकायहरुसँग सहयोग माग गर्ने र आफु पदमा हुँदा भ्रष्टाचार गर्ने प्रचलनका कारण नागरिकले सास्ती पाएको पुर्व राज्यमन्त्री विष्टको भनाई छ । ‘म पनि ५ बर्ष जिल्ला उप सभापति, २० वर्ष नेपाली काँग्रेसको सभापति, ४ बर्ष सांसद, ६ महिना राज्यमन्त्री भएको हु यदि मैले कुनै पनि प्रकारको गलत गरेकोे छु भने जेल बस्न तयार छु ।’ उनले भने, गलत गर्ने सबै व्यक्तिहरु जेल बस्ने हिम्मत गरौं ।’
विष्टले कोरोना माहामारी रोकथामका लागि गरिएका सबै खर्चहरु आम नागरिकले प्रष्टरुपमा थाहा पाउनुपर्ने बताउँदै यो बेला भ्रष्टाचार गरेर आफ्नो दुनो सोझाउने व्यक्तिलाई कुनै पनि हालतमा नछोड्ने चेतावनी दिए ।

रकम छैन भनेर नागरिकलाई व्यवस्थापन गर्न नसक्नु सरकारको जनता प्रति उत्तरदायी नभएको बताए । केन्द्र सरकार र प्रदेश सरकारले आफु उम्किदै सबै जिम्मेवारी स्थानीय तहलाई दिएपनि स्थानीय तहले थेक्न नसकेको बताए ।

विष्टले यस भन्दा अगाडी सुर्खेतका विभिन्न ठाउँमा साबुन र खाद्यान्न समेत वितरण गरेका थिए ।

भिडिओ हेर्नका लागि तलको लिङ्कमा क्लिक गर्नुहोस्ः