सोमवार, जेष्ठ १४, २०८१

कालिकोटमा ३९ जना यात्रु बोकेको टिपर कर्णालीमा खस्यो

  
जगतदल जनाला विक बुधबार, जेष्ठ २८, २०७७

सुर्खेत । भारतबाट आएका नागरिक बोकेको टिपर कर्णाली करिडोर अन्तरगत कालिकोटको नरहरिनाथ गाउँपालिका–१को लालीघाट नजिकैबाट कर्णाली नदीमा खसेको छ। जितेगडाबाट राष्टकोट नगरपालिकाका ३९ जनालाई बोकेर क्वारेन्टाइनमा लिएर गएको ना ८ ख ५१३३ नम्बरको टिप्पर बुधबार विहान १०ः२० मा कर्णालीमा खसेको होे। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी वशन्त पन्तका अनुसार हालसम्म तीन जनाको मृत्यु भएको छ। चार जना गम्भीर घाइतेको कर्णाली नदीबाट उद्दार गरिएको छ।

‘घटनास्थलमा प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएर उद्दारको काम भइरहेको र बाँकी विवरण संकलन गर्ने क्रममैरहेको डिआइजी पन्तले बताए।