मंगलबार, बैशाख १८, २०८१

कर्णालीका थप ११० जनामा कोरोना पुष्टि, जम्मा संक्रमितको संख्या १०७७ पुग्यो

  
जगतदल जनाला विक सोमवार, असार १, २०७७

सुर्खेत। कर्णाली प्रदेशमा थप ११० जनामा कोरोना पुष्टि भएको छ । भारतबाट दिनप्रतिदिन कर्णालीमा आउने नागरिकको संख्या बढेसंगै संक्रमितको संख्या निरन्तर थपिंदै गएको छ । सोमबार सुर्खेतका १९ र दैलेखका ९१ जना गरी जम्मा नयाँ संक्रमित संख्या ११० रहेको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म जम्मा पुष्टि भएको संख्या १०७७ पुगेको छ ।
नयाँ संक्रमण पुष्टि हुने सुर्खेतका १९ जना मध्ये पञ्चपुरी नगरपालिकाका ८ जना, लेकबेसी नगरपालिकाका ४ जना, चौकुने गाउँपालिकाका ३ जना, बराहताल गाउँपालिकाका ३ जना रहेका छन् ।

यस्तै दैलेख नौमुले गाउँपालिकाका ८८ जना र नारायण नगरपालिकाका ३ जना रहेका छन् । १०७ जनाको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र ३ जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट पीसीआर परीक्षण गरिएको हो ।
हालसम्म कोभिड(१९ को संक्रमण पुष्टि भएका मध्ये मृत्यु हुनेको संख्या ३ रहेको छ।