शुक्रबार, बैशाख २१, २०८१

प्रदेश अस्पताल सुर्खेतमा उपचार गराउन आएका ३ जनालाई कोरोना पुष्टि भएपछि इमर्जेन्सी कक्ष सिल,४२ स्वास्थकर्मी क्वारेन्टाइनमा

  
कर्णाली टाइम्स बुधबार, असार ३, २०७७

सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराउन आएका ३ जनालाई कोरोना पोजेटिभ देखिएपछि अस्पतालको इमर्जेन्सी कक्ष सिल गरिएको छ ।
समुदाय स्तरबाटै उपचार गराउन जेठको ३१ र ३२ गते दैलेखबाट आएका दुई जना बिरामी र सुर्खेतका १ जनामा कोरोना पोजेटिभ देखिएको प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्बर खड्काले बताए ।डाक्टर खड्काका अनुसार प्रदेश अस्पतालको इमर्जेसी वार्डमा उपचार गराइरहेका ३ जनामा कोरोना पोजेटिभ देखिएपछि नियमित जाँच तथा रेखदेखमा रहेका चिकित्सक तथा नर्ससहित ४२ जना स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनमा राखिएको छ ।