शुक्रबार, बैशाख २१, २०८१

सुर्खेतमा आरडिटी जाँचेर घर पठाइएका व्यक्तिको मृत्यु

  
जगतदल जनाला विक आइतवार, असार ७, २०७७

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकामा क्वारेन्टिनबाट घर फर्किएका एक जनाको मृत्यु भएको छ।

भेरीगंगा–५ भर्रेनीका एक युवकको आइतबार विहान मृत्यु भएको हो।

क्वारेन्टिनमा आरडिटी (र्‍यापिड डाइग्नोष्टिक टेस्ट) गर्दा उनमा कोरोना एन्टीबडी नदेखिएपछि घर पठाइएको भेरीगंगा नगरपालिकाका उपमेयर रेणु ढकालले जानकारी दिइन्। छिन्चुमा रहेको शारदा माविमा रहेको क्वारेन्टिनमा १४ दिन बसेका उनी जेठ २९ गते घर फर्किएका थिए। उनलाई एक सातासम्म होम क्वारेन्टिनमा बस्न भनेर पठाइएको उनले बताइन्। उपमेयर ढकालका अनुसार उनी जेठ १६ गते भारतबाट फर्किएका थिए।

पिसिआर परीक्षणका लागि मृतकको स्वाब संकलन गर्न स्वास्थ्यकर्मीको टोली वीरेन्द्रनगरबाट भेरीगंगातर्फ गएको र पिसिआर रिपोर्ट आएपछि मात्र उनको दाहसंस्कार गरिने उपमेयर ढकालले बताइन्।