शनिबार, भदौ २९, २०८१

कर्णालीका थप ११ जनामा कोरोना पुष्टि, जम्मा संक्रमितको संख्या १२५६ पुग्यो

  
जगतदल जनाला विक आइतवार, असार ७, २०७७

सुर्खेत । कर्णाली प्रदेशमा आइतबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट दिनप्रतिदिन कर्णालीमा आउने नागरिकको संख्या बढेसंगै संक्रमितको संख्या निरन्तर बढ्दै गएको छ । प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा दैलेख महावु गाउँपालिकाका २ जना, सुर्खेत भेरीगंगा नगरपालिकाका २ जना सल्यान बनगाड कुपिण्डे नगरपालिकाका ६ जनामा कोरोना पुष्टि भएको हो । यस्तै राप्ती स्वास्थ्य प्रतिस्ठान, दाङमा गरिएको पीसीआरपरिक्षणमा रुकुमपश्चिम मुसिकोट नगगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा महाशाखाका प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीले बताए ।
आइतबारसम्म कर्णालीमा संक्रमितको संख्या १२५६ जना पुगेको छ । आइतबारसम्म कर्णाली प्रदेशमा कोभिड–१९ संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या ५ सय ३१ पुगेको छ । कर्णालीमा संक्रमित पुष्टि मध्ये मृत्यु हुनेको संख्या ४ रहेको छ ।

कुन जिल्लामा कति जना संक्रमित ?

हालसम्मको जम्मा १२५६ जना मध्ये जिल्लागत संख्या दैलेखमा ७११ जना, सुर्खेतमा २७९ जना, सल्यानमा १६९ जना, कालिकोटमा ४२ जना, जुम्ला २४ जना, जाजरकोट १० जना, मुगु २ जना, हुम्ला १ जना, डोल्पा १ जना, रुकुमपश्चिममा १ जना र अन्य प्रदेशका १६ जना रहेको छ ।

आइतबार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाद्धारा जारी विज्ञप्ति ।