शुक्रबार, बैशाख २१, २०८१

कर्णाली प्रदेश अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा काेराेना पुष्टि

  
जगतदल जनाला विक सोमवार, असार ८, २०७७

सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ ।
गत जेठ ३१ र ३२ गते  देखि असार ३ गतेसम्म  प्रदेश अस्पतालको आकस्मिक कक्षमा  उपचार गराइरहेका ३ जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको उपचारमा संलग्न ४२ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको थियो ।  क्वारेन्टाइनमा राखिएका ४२ जना मध्ये ५ जनालाई कोरोना पोजेटिभ देखिएको प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले जानकारी दिए ।  उनका अनुसार उनीहरु सबैलाई प्रदेश अस्पतालको आइसोलेशनमा राखेर उपचार गराइएकाे छ ।

गत जेष्ठ ३१ र ३२ गते दैलेखका २ जना र सुर्खेतका १ जना विरामीलाई प्रदेश अस्पतालको आकस्मिक कक्षमा राखेर उपचार भैरहेका थियो । ती मध्य दैलेखबाट आएका एक जना विरामी टिभिको दिर्घ रोगि थिए भने दैलेखका  १ जना र सुर्खेतका १ जनाले विस सेवन गरेका कारण उनिहरुलई आकस्मिक कक्षमा राखेर उपचार गराइएको थियो ।
सबै विरामी समुदायस्तरबाट आएकोले कसैले पनि उनीहरु कोरोना संक्रिमित छन् भन्ने संका नलिई आकस्मिक कक्षमा उपचार गराइएको थियाे ।
कोरोना संक्रिमितको संका नगरेकै कारण उनीहरुलाई ३ दिनसम्म नजिकबाट स्वास्थ्यकर्मीहरुले उनिहरुको हेरचाह गरे  जव उनिहरुमा कोरोनाको लक्षण देखिन थाल्यो त्यसपछि  ती विरामीहरुको पिसिआर चेक गराइयो । असार ३  गते उनीहरुको पीसीआर रिपोर्ट कोरोना पोजेटिभ देखिएकाे थियो ।