बुधबार, माघ २, २०८१

खमारी खोला लघु जलविद्युत गृहमा पहिरोले पुरिएर एक जनाको मृत्यु

  
जगतदल जनाला विक सोमवार, असार १५, २०७७

सुर्खेत । पश्चिम सुर्खेतको बावियाचौरमा रहेको खमारी खोला लघु जलविद्युत आयोजनाको गृहमा आएको पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ ।
गएराती आएको अविरल वर्षाका कारण पञ्चपुरी नगरपालिका–६ भावरमा रहेको विद्युत गृहमा पहिरोले पुरिएर पञ्चपुरी नगरपालिका–६ भावरकी नन्दा पुलामीको मृत्यु भएको हो । । सँगै विद्युत गृहमा बसेका उनका श्रीमान् सहायक अपरेटर डम्मर पुलामी घाइते भएको
खमारी खोला लघु जल विद्युत आयोजनाका अध्यक्ष जीवन ढुंगानाले जानकारी दिए ।
अध्यक्ष ढंगानाका अनुसार पोष्टमार्टमका लागि शवलाई प्रदेश अस्पताल कालागाउँमा ल्याइएको छ भने घाइते डम्मर पुलामीलाई पनि उपचारका लागि वीरेन्द्रनगर ल्याइएको छ ।
‘आयोजनामा गृहमा पहिरो आउँदा सहायक अपरेटर डम्मर पुलामीकी श्रीमती नन्दा पुलामीको मृत्यु भएको छ, अपरेटर पुलामी घाइते भएका छन्,’ अध्यक्ष ढंगानाले भने, शवलाई पोष्टमार्टम गर्नका लागि प्रदेश अस्पताल ल्याइएको छ ।’
५३ किलोवाट विद्युत उत्पादन भइरहेको यो आयोजनाबाट भावरसहित पञ्चपुरी नगरपालिकाका झण्डै एकहजार दुई सय घरपरिवार लाभान्वित भएका थिए । अध्यक्ष ढुंगानाले कम्तीमा ४८ घण्टामा विद्युत नियमित गर्नेगरी जुटेको बताए ।