सुर्खेत । कर्णालीमा बुधबार २५ जनामा कोरोना संक्रमित थपिएका छन् ।
कर्णाली प्रदेश अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कोरोना २५ जना संक्रमित फेला परेका हुन् ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्र्तगतको स्वास्थ्य महाशाखाका अनुसार प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा २४ जना र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला गरिएको परीक्षणमा १ जनामा कोरोनाको संक्रमण देखिएको हो ।
कर्णाली प्रदेश अस्पतालमा गरिएको परीक्षणमा सल्यानका १५ जना, सुर्खेतका ७ जना, दैलेखका २ जना रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्र्तगतको स्वास्थ्य महाशाखाका प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले बताए ।
त्यस्तै, स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्लाका १ जनामा कोरोना संक्रमण देखिएको हिो ।
बुधबार सुर्खेतको महेलकुना अस्पतालबाट ५ जना र सालकोट आइसोलेनसनबाट १ जना डिस्चार्ज भएका छन् ।
कर्णालीमा कोरोना संक्रमित हुनेको कुल संख्या १ हजार ४६८ रहेको त्यसमध्ये १ हजार ७८ जनाले कोरोना जितेको डा.तिवारीले बताए ।
‘अहिले सक्रिय बिरामीको संख्या ३८४ रहेको छ,’ उनले भने, ‘कोरोनाका कारणले कर्णालीमा ६ जना मृत्यु भएको छ ।’
जिल्लागत संख्या
कर्णालीका मात्र हालसम्मको जम्मा १ हजार ४६८ जना मध्ये जिल्लागत संख्या दैलेखमा ७६५ जना, सुर्खेतमा ३५४ जना, सल्यानमा १९२ जना, कालिकोटमा ४९ जना, जुम्लामा ३१ जना, जाजरकोटमा १३ जना, मुगुमा ३ जना, हुम्लामा २ जना, डोल्पामा ३ जना र रुकुमपश्चिममा १० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयद्धारा जारी विज्ञप्ति ।