सोमवार, मंसिर १७, २०८१

आइडिया नेपालद्धारा क्वारेन्टाइनमा बसेकालाई पुस्तक वितरण

  
कर्णाली टाइम्स बुधबार, असार १७, २०७७

सुर्खेत । आइडिया नेपालद्धारा क्वारेन्टाइनमा बसेका नागरिकहरुलाई पुस्तक वितरण गरिएको छ । बुधवार आइडिया नेपालले पहिलो चरणमा विभिन्न सहयोगीदाताहरुबाट सहयोग संकलन गरी क्वारेन्टाइन तथा आइसोलेसनमा रहेका नागरिकलाई खाली समयमा केहि ज्ञानका कुरा सिकुन् भन्ने उद्देश्यले पुस्तक वितरण गरिएको संस्थाकी अध्यक्ष रचना सुनारले बताइन् ।
पस्तक अभियानमा अल्फा स्टेस्नरीले दुई हजार ८३० रुपैयाँ बराबरको पस्तक र समाजसेवी रिता बिसीको सहयोगमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको क्वारेन्टाइनमा बसेका ४५ जना र आइसोलेसनमा बसेका ५ जनालाई पुस्तक, डायरी, पेन र फलफुल वितरण गरिएको आइडिया नेपालका सचिव राज विश्वकर्माले जानकारी दिए ।
वीरेन्द्रनगर -१ स्थित उक्त संस्थाले सामाजिक क्षेत्रमा थुप्रै काम गर्दै आएको छ ।