सुर्खेत । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण नाई (सैलुन) व्यवसायीहरु मर्कामा परेका छन् ।
सामान्य सैलुन राखी कपाल काटेर आफ्नो गुजाारा चलाउँदै आएका नाई व्यसायीहरुले अरु व्यापार जस्तै आफ्नो व्यापार पनि सञ्चालन गर्न पाउनु पर्ने भन्दै शुक्रबार संयुक्तरूपमा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी हिमाल रेग्मीलाई ज्ञापन पत्र बुभाएका छन् ।
सुर्खेतमा अन्य व्यवसाय सञ्चालन खुले पनि सैलुन व्यवसाय सञ्चालनका लागि सरकारले थप निर्णय नगर्दा जीविको पार्जनका लागि समस्या हुँदै आएको सैलुन व्यवसायीहरू बताउँछन् ।
‘हामीहरुकाे पसल लगातार चार महिनादेखि बन्द भएका छन् । पसलको भाडा, घर भाडा तिर्न र रासन खान हामीलाई समस्या परेको छ,’ नाइ व्यवसायी बिनोद ठाकुरले भने, ‘आर्थिक स्थिति कमजोर भएपछि बालबच्चालाई खाना खुवाउन समेत समस्या भइसक्यो ।’
सरकारले दिएको ५ किलो चामलले आफ्नो परिवारलाई दूई दिन नपुगेकोे उनको गुनासो छ ।
बाल बच्चा पालन पोषण गर्ने र दैनिक गुजारा चलाउने पेसा एकमात्र भएका कारण लकडाउनमा कमाई नभएपछि घरबेटीले बारम्बार भाडा माग्दा समस्या भएको नाई व्यवसायी संघ सुर्खेतका सदस्य जय कुमार ठाकुरले बताए ।
पसल नखुलेपनि भाडा भने चार महिनादेखि चालु रहेकोले थप समस्या परेको नाई व्यवसायी सुविर अन्सारीले बताए ।
आफुहरुको व्यवसायलाई निरन्तरता दिन प्रशासनले सहजिकरण गरेपछि केहि समस्या समाधान हुने उनीहरुको भनाइृ छ ।
नेपाल र्नाइ संघ सुर्खेतका अनुसार सुर्खेतं उपत्यकामा झण्डै ५० सैलुनहरुका २०० जना युवाहरुको रोजगारी गुमेको छ ।
अहिले उनीहरू सहित सुर्खेतका सबै सैलुन व्यवसायी ठूलो आर्थिक चपेटामा परेका छन् ।
उनीहरूले पसल सञ्चालन र ऋणको ब्याज मिनाहका लागि पहल गरिदिन प्रशासनलाई आग्रह गरेका छन् ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय सुर्खेतमा नाई व्यवसायीहरुले बुझाएको ज्ञापन पत्र ।
भिडिओ हेर्नका लागि यो लिङ्क क्लिक गुहोस् :