सुर्खेत । सुर्खेतको चौकुने गाउँपािलका वडा नम्वर–१ मा एम्बुलेन्स ल्याएपछि स्थानीय खुसी भएका छन् । चौकुने गाउँपालिकाले आर्थिक वर्ष २०७४÷७५ मा एम्बुलेन्स खरिदका लागि १२ लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो । चौकुने गाउँपालिका वडा नं २ मा रहेको बासपानी स्वास्थ्य चौकीका नाममा रकम निकासा गरी एम्बुलेन्स खरिद प्रक्रिया अगाडी बढाइएको थियो ।
एम्बुलेन्स खरिद प्रक्रियाकाको लागि गाउँपालिकाले वडा नं १ का वडाध्यक्ष लक्षिराम आलेलाई सजम्मा दिएको थियो । विभिन्न सोरुमले सम्झौता अनुसार काम नगरेपछि खरिद पक्रियामा ढिलाई भएकोवडा अध्यक्ष आलेले बताए । टाटा सोरुमले २०७५ साल जेठ ५ मा जम्मा गरेको रकम स्वास्थ्यचौकीको खातामा फिर्ता पठाएकोले अर्को कम्पनी अग्नि प्रालिसँग सम्झौता गरी एम्बुलेन्स ल्याएको उनले बताए ।
सुर्खेत पश्चिमका नागरिकको लागि एम्बुलेन्सबाट २४ सैं घण्टा सेवा दिने जानकारी दिए ।
गाउँमा एम्बुलेन्स आएपछि चौकुने गाउँपालिका वडा नम्वर १, २ र ३ का नागरिकलाई सहज हुने स्थानीय चित्र राम्जालीले बताए ।
एम्बुलेन्स नहुँदा महँगो भाडा तिरेर गाडी वा टाढाबाट सावारीका साधनहरु मगाउनुपर्ने बाध्यता हटेको राम्जालीको भनाई छ ।
शुक्रबार चौकुने गाउँपालिकामा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र अन्य कर्मचारीको उपस्थितिमा एम्बुलेन्सको पुजाआजा गरिएको थियो । यस्तै शुक्रबार नै लगाम बजारमा वडा अध्यक्ष आलेलाई स्थानीयले फुलमाला लगाएर स्वागत गरेका थिए ।