सुर्खेत । कर्णालीका थप २७ जनामा कोरोना पुष्टि भएको छ । मंगलवार २७ जना संक्रमित भेटिएसँगै कर्णालीमा हालसम्म एक हजार छ सय ९० जना कोरोना संक्रमित भेटिएका छन् । जसमध्ये एक हजार चार सय ६२ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।
प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा १७ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ४ जना र दैलेख अस्पतालमा ६ जनाको पीसीसार परीक्षणमा कोरोना संक्रमित फेला परेकोे कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
मंगलवार सुर्खेतका १४ जना, जुम्लाका ५ जना, जाजरकोट, काठमाण्डौंका एक÷एक जना र दैलेखका ६ जनामा कोरोना पुष्टि भएको हो ।
एक सय ९१ जना प्रदेशका विभिन्न आइसोलेसनमा उपचार गरिरहेका छन् ।
कोरोना संक्रमणका कारण कर्णालीमा ६ जनाको मृत्यु भइसकेको छ ।
यस्तो छ जिल्लागत संक्रमितको संख्या
अन्य प्रदेशका कर्णालीमा जाँच गरेका ५२ जना रहेका छन् । कर्णालीका मात्र हालसम्मको जम्मा १६९० जना मध्ये जिल्लागत संख्या दैलेखमा ७९८ जना, सुर्खेतमा ४८२ जना, सल्यानमा २११ जना, कालिकोटमा ५७ जना, जुम्लामा ३९ जना, जाजरकोटमा २१ जना, मुगुमा ५ जना, हुम्लामा २ जना, डोल्पामा ४ जना र रुकुमपश्चिममा १९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयद्धारा जारी विज्ञप्ति ।