शनिबार, असार २, २०८१

सोमबार कर्णालीका थप ११ जनामा कोरोना पुष्टि, १५१९ जना डिस्चार्ज

  
जगतदल जनाला विक सोमवार, साउन ५, २०७७

सुर्खेत सोमबार कर्णालीका थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म कर्णालीमा एक हजार सात सय ४९ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये एक हजार पाँचसय १९ जना कोरोना मुक्त भई घर फर्किएका छन् । दुई सय २४ जना मात्र कोरोनाका सक्रिय बिरामी रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जानकारी दिए ।

उनका अनुसार कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ जना पुगेको छ ।

जिल्लागत संक्रमितको संख्या

कर्णालीका मात्र हालसम्मको जम्मा १७४९ जना मध्ये जिल्लागत संख्या दैलेखमा ८१३ जना, सुर्खेतमा ५०१ जना, सल्यानमा २२४ जना, कालिकोटमा ५८ जना, जुम्लामा ४० जना, जाजरकोटमा २३ जना, मुगुमा ६ जना, हुम्लामा ३ जना, डोल्पामा ४ जना र रुकुमपश्चिममा २४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै अन्य प्रदेशका कर्णालीमा जाँच गरेका ५३ जना रहेका छन् ।