बिहीबार, असोज १७, २०८१

एकैदिन कर्णालीका थप ३० जनामा कोरोना पुष्टि

  
जगतदल जनाला विक बिहीबार, साउन ८, २०७७

सुर्खेत । बिहीबार कर्णालीमा थप ३० जना कोरोना संक्रमित थपिएका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखका २४ जना तथा सुर्खेतका ५ र सल्यानका एक जनामा कोरोना पुष्टि भएको हो।

दैलेख अस्पतालमा गरिएको परीक्षणमा दैलेखका विभिन्न स्थानीय तहका २४ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेत र सल्यानका ६ जनामा कोरोना पुष्टि भएको हो।

यो सहित कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १ हजार ८१३ पुगेको छ।

प्रदेशमा अहिलेसम्म १ हजार ५५२ जना डिस्चार्ज भइसकेका छन्। आज (बिहीबार) मात्रै प्रदेशबाट ६ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको हो।

कोरोना संक्रमणबाट कर्णालीमा ६ जनाको मृत्यु समेत भइसकेको छ ।

सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार कर्णाली प्रदेशभरी दुई सय ५५ जना मात्र कोरोना संक्रमणका सक्रिय बिरामी रहेका छन् । उनीहरुको प्रदेशका विभन्न आइसोलेसन तथा अस्पतालमा उपचार भइरहेको छ ।

सामाजिक विकास मन्त्रालयद्धारा जारी विज्ञप्ति