सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघ अन्तरगतका विभिन्न वस्तुगत समितिहरुले आफुहरुलाई झुक्याएर गराएको हस्ताक्षरप्रति आपत्ति जनाएका छन् ।
वस्तुगत समितिहरुबाट सिफारिस भई उद्योग वाणिज्य संघको कार्यसमितिमा एक जना मनोनित सदस्य हुने व्यवस्था बमोजिमको स्वार्थका लागि सुर्खेत उद्योग वाणिज्य संघका केहि व्यक्तिले सोमबार घरमैं आएर विषयवस्तुको जानकारी नदिई झुक्याएर माइन्युटमा गराइएको हस्ताक्षरप्रति सोमबार नै १० वटा वस्तुगत समितिका अध्यक्षहरुले सामुहिक विज्ञप्ति जारी गदै आपत्ति जनाएका हुन् ।
विज्ञप्तिमा भनिएको छ ‘विषयवस्तुको जानकारी नगराई झुक्याएर गराइएको हस्ताक्षरमा हामीहरुको असहमति छ, यदि उक्त हस्ताक्षरलाई आधार मानेर कुनैपनि निर्णयहरु भएमा त्यसमा हाम्रो असहमति रहेको व्यहोरा सम्पुर्ण उद्योगी व्यवसायीलाई जानकारी गराउँछौं ।’
फेन्सी तथा रेडिमेट वस्तुगत समिति अध्यक्ष– खड्गप्रसाद ढकाल, कम्प्युटर एशोसियसन क्यान वस्तुगत समिति अध्यक्ष– तिलक आचार्य, फलफुल तथा तथा तरकारी वस्तुगत समिति अध्यक्ष – प्रकाश तिमिल्सेना, पाठ्यपुस्तक तथा स्टेस्नरी वस्तुगत समिति अध्यक्ष– सागर भुषाल, खाद्य तथा किराना वस्तुगत समिति अध्यक्ष – टिकाराम कँडेल, साइकल व्यवसायी वस्तुगत समिति अध्यक्ष – खिम नेपाली, भाँडा वतन वस्तुगत समिति अध्यक्ष – बावुराम गौतम, काँचो कपडा वस्तुगत समिति अध्यक्ष – हेमकर्ण थापा, मासु व्यवसायी वस्तुगत समिति अध्यक्ष – टोपेन्द्रजंग शाही र इलेक्ट्रोनिक वस्तुगत समिति अध्यक्ष – भुवन ज्ञवालीले सामुहिक विज्ञप्ति मार्फत आपत्ति जनाएका हुन् ।
यो विषयमा पहिला पनि बिवाद भएकोले अहिले पनि विधि र प्रक्रिया विपरीत भएको कार्यबाट भएको असरप्रति स्वयंम व्यक्तिहरुले नै जिम्मेवारी लिनुपर्ने उनीहरुको भनाई छ ।