मंगलबार, बैशाख ४, २०८१

विप्लवका जिल्ला कमिटी सदस्य ‘सुदर्शन’ पक्राउ

  
कर्णाली टाइम्स आइतवार, साउन २५, २०७७

सुर्खेत । प्रहरीले विप्लव नेतृत्वको नेकपा दैलेख जिल्ला कमिटी सदस्य उदयराम विश्वकर्मा ‘सुदर्शन’ लाई पक्राउ गरेको छ । विकलाई दैलेख आठबीस नगरपालिका–६ सिंगासैन स्थित आफ्नै घरमा सुतिरहेको बेला आइतबार बिहान पक्राउ गरेको हो ।
सदस्य विकलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज (डिएसपी ) हरिबहादुर ओलीले जानकारी दिए ।
विप्लव नेतृत्वको नेकपाका जिल्ला इञ्चार्ज ‘दिपेन्द्र’ले घटनाको विषयमा एक प्रेस विज्ञप्ती जारी गर्दैै कोरोनाको महामारी र बाढी पहिरो जस्तो विपद पीडित नागरिकको सहयोगमा जुटेको बेला ‘सुदर्शन’को पक्राउ निन्दनीय भएको उल्लेख गरेका छन् ।
नेकपाका जिल्ला इञ्चार्ज ‘दिपेन्द्र’ले अखिल क्रान्तिकारीको जिल्ला अध्यक्ष समेत रहेका पार्टी जिल्ला कमिटी सदस्य उदयराम बिश्वकर्मा ‘सुदर्शन’को बिना सर्त रिहाईका लागि पहल गरीदिन मानव अधिकारवादी संस्था, पत्रकार र नागरिक समाजसंग अनुरोध गरेका छन् ।