शनिबार, असार २, २०८१

फोनिजको २१औं स्थापना दिवस

  
कर्णाली टाइम्स मंगलबार, साउन २७, २०७७

सुर्खेत। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कर्णाली प्रदेशले आज फोनिजले २१औं स्थापना दिवस मंगलबार मनाएको छ ।
फोनिज कर्णाली प्रदेशका इन्चार्ज अशोक राजीले अहिले सुर्खेतका आदिवासी जनजातिहरु नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतका अध्यक्ष पञ्चसिंह रोकाय खाम्पाको निधनले शोकमा रहेकाले शुभकामना आदानप्रदान नगरि शोक व्यक्त गरेको जानकारी दिए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ कर्णाली प्रदेशका अध्यक्ष वीरबहादुर रावत भोटेले सुर्खेतका आदिवासी जनजातिहरुले एक सच्चा निर्भिक र निडर आदिवासी नेता गुमाएको बताउँदै उनी कलेजो जस्तो रोगबाट ग्रसित हुँदा पनि सरकारले कुनै सहयोग नगरेको गुनासो गरे ।

त्यस्तै कार्यक्रममा नेपाल पत्रघकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले रोकाय जनजाति नेता मात्र नभएर एक मिडिया उद्यमी भएको बताउँदै उनले मिडियामा चालेको कदमलाई सबै मिडियाकर्मीले साकार पानुपर्र्ने बताए ।

नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतका कार्यवाहक अध्यक्ष जीवनकुमार शाक्यले रोकायले संसार छोडेर गएपनि उनका सपना साकार पार्न अब आफ्नो काँधमा ठूलो जिम्मेवारी थपिएको बताए ।उनले पञ्च जी सुरु गरेकोे बुद्ध सरोबरलाई अब सबै मिलेर सार्थक तुल्याउनुपर्ने बताए ।
कार्यक्रममा सुर्खेतमा रहेका विभिन्न जातिए संस्थाका अगुवा प्रतिनिधी र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।