शुक्रबार, फागुन १८, २०८०

वीरेन्द्रनगरका सेवा सुविधा आठ दिनसम्म बन्द गरिने

  
कर्णाली टाइम्स बिहीबार, साउन २९, २०७७


सुर्खेत । सुमदायस्तरमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन थालेपछि वीरेन्द्रनगर नगरपालिकाबाट दिइने सेवा सुविधा आठ दिनसम्म बन्द गरिने भएको छ ।

कोरोना संक्रमण बढ्न थालेपछि  साउन ३० देखि भदौ ५ गतेसम्म नगरपालिका, सबै वडा कार्यालय र नगरपालिका मातहतका सबै कार्यालयबाट प्रदान हुने सेवा बन्द गर्ने निर्णय गरेको हो ।

संक्रमितको संख्या बढ्दै गएकाले नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिले सेवा बन्द गर्ने निर्णय गरेको नगरपालिका सूचना अधिकारी उत्तमप्रसाद आचार्यले बताए ।

बुधबार वीरेन्द्रनगर नगरपालिकामा १९ जनामा संक्रमण देखिएकोमा तीमध्ये ५ जना समुदायका हुन् । त्यस्तै, बिहीबार वीरेन्द्रनगर नगरपालिका १० र १३ मा १७ जनामा कोरोना संक्रमण फेला परेको थियो ।