शुक्रबार, असोज १८, २०८१

विषालु च्याउ खाँदा डोल्पामा ४ जना सिकिस्त, हेलिकोप्टरबाट नेपालगन्ज लगियो

  
कर्णाली टाइम्स सोमवार, भदौ ८, २०७७

सुर्खेत । बर्खाको बेला च्याउ प्रिय तरकारी मानिन्छ । तर जंगलमा पाइने कतिपय च्याउ विषालु भइदिँदा मान्छेको ज्यानै लिने गरेको छ । अघिल्लो महिना जाजरकोटमा ५ जनाको ज्यान लिएको विषालु च्याउले डोल्पामा फेरि ४ जनालाई सिकिस्त बनाएको छ । उनीहरुलाई हेलिकोप्टरबाट नेपालगन्ज लगिएको छ ।

डोल्पाको ठूलीभेरी नगरपालिकामा विषालु च्याउ खाएर ४ जना बिरामी भएका हुन् । प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार स्थानीय माछल पाटनमा गोठाला गएका सत्यबहादुर शाही, कमलजंग शाही, उत्तम शाही र सूर्यबहादुर शाहीले आइतबार सा“झ च्याउ खाएका थिए । सोमबार बिहान ७ बजेमात्र बिरामी भएको खबर आएको उनले बताए । ‘बिरामी भएको खबर पाउने बित्तिकै हामीले प्रहरीको टोली त्यतातिर पठायौं, नगरपालिकाको आर्थिक सहयोगमा काठमाडौंबाट सिम्रिक एयरको हेलिकोप्टर मगाइएको छ ।’ चारैजनाको अवस्था सिकिस्त रहेको उनले बताए । पाटनबाट दुनै ल्याउन ६–७ घण्टा लाग्ने भएकोले हेलिकोप्टर मगाइएको उनको भनाइ छ ।