बिहीबार, फागुन १०, २०८०

कर्णाली नदीमा डुबेर दुई बालक बेपत्ता

  
कर्णाली टाइम्स मंगलबार, भदौ ९, २०७७

सुर्खेत। दैलेखको आठबीस नगरपालिका–४ राकमस्थित कर्णाली नदीमा डुबेर दुई जना बालक बेपत्ता भएका छन् ।
मंगलबार दिउँसो पौडी खेल्न गएका उनीहरु कर्णाली नदीमा डुबेर बेपत्ता भएका हुन् ।

कर्णाली नदीमा डुबेर वेपत्ता हुनेमा आठबीस नगरपालिका–४ का १४ वर्षीय भरत माझी र १३ वर्षीय विनोद माझी रहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

मंगलबार दिउँसो १२ बजे राकमस्थित कर्णाली नदीमा पौडी खेल्न गएको उनीहरु डुबेर वेपत्ता भएको र नदीमा पानीको वहाब उच्च रहेको उनीहरुको खोजी भइरहेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।