शनिबार, असार २, २०८१

भोलीबाट वीरेन्द्रनगरमा लगाइएको निषेधाज्ञा खोलिने

  
कर्णाली टाइम्स शुक्रबार, भदौ १२, २०७७
फाइल तस्बिर ।

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा लगाइएको निषेधाज्ञा शनिबार १३ गतेबाट हटाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले चाडपर्वलाई लक्षित गर्दै कोरोना भाइरस कोभिड –१९ को महामारी समुदाय स्तरमा फैलन नदिन भदौ १ गतेबाट वीरेन्द्रनगरमा निषेधाज्ञा लगाएको थियो ।

‘चाडपर्वमा हुने भीडभाडले कोरोनाको जोखिम बढ्ने भएकोले भदौ १ गतेबाट लगाइएको निषेधाज्ञा शनिबारबाट हटाइने छ,’ प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भने ‘निषेधाज्ञा खोलेपनि भीडभाड गर्ने विभिन्न कार्यक्रम गर्ने जस्ता क्रियाकलापमा प्रशासनले कडाई गर्ने छ र नागरिकले सुरक्षाका न्युनतम मापदण्ड पुरा गर्नुपर्नेछ ।’

प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार भाद्र १३ गतेदेखि बिहान ५ बजेबाट साँझ ७ बजेसम्म बजार खुला गरिने छ । अतिआवश्यकीय लगायतका अन्य विषयमा विशेष सर्तकता अपनाइने छ ।

त्यस्तै स्वास्थ्य, सुरक्षा, एम्बुलेन्स, दमकल, सञ्चारकर्मी, मालबहाक तथा अतिआवश्यकीय सवारी साधनहरु बाहेक अन्यमा जोर बिजोर प्रणाली लागु गरी साँझ ७ बजेपछि निजी तथा सार्वजनिक सावारी पूर्णहरुमा बन्द गरिने छ ।