बिहीबार, फागुन १०, २०८०

सुर्खेतका ३७ जनासहित कर्णालीका ४० जनामा कोरोना पुष्टि

  
कर्णाली टाइम्स सोमवार, भदौ १५, २०७७

सुर्खेत । सोमबार सुर्खेतका ३७ जनासहित कर्णालीका ४० जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेशण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणअनुसार सुर्खेतका ३७, जुम्ला, बाँके र बैतडीका १–१ जना गरी ४० जनामा कोरोना पृष्टि भएको हो ।

सुर्खेतका ३७ संक्रमितमध्ये चौकुने गाउँपालिकाका १ र गुर्भाकोट नगरपालिकाका ६ जना रहेका छन् भने अन्य सबै वीरेन्द्रनगर नगरपालिकाका हुन् । पछिल्लो २४ घण्टामा १५ जनाले कोरोना जितेपछि हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ८६ पुगेको छ ।

योसँगै कर्णालीमा कुल कोरोना संक्रमितको संख्या २ हजार ४ सय ४२ पुगेको छ । हालसम्म कर्णालीमा संक्रमण पुष्टि भएका मध्ये ६ जनाको मृत्यु भइसकेको छ । हाल कर्णालीका विभिन्न आइसोलेसनमा रहेका सक्रिय कोरोना बिरामीको संख्या ३ सय ५ मा झरेको छ ।