सोमवार, फागुन २१, २०८०

जिल्ला अदालत सुर्खेतका सम्पूर्ण सेवा बन्द

  
कर्णाली टाइम्स बुधबार, भदौ १७, २०७७

सुर्खेत । सुर्खेत जिल्ला अदालतले अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवा बन्द गरेको छ।
अदालतमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण भएपछि सेवा बन्द गर्ने निर्णय गरिएको हो।

सूर्खेतमा पाँच दिनअघि निषेध आदेश खुलेको थियो। निषेध आदेश खुलेसँगै विभिन्न कार्यालय तथा व्यवसाय सञ्चालनमा आएका छन्। यातायातमा भने जोर–बिजोर प्रणाली लागू गरिएको छ।