आइतवार, चैत्र ९, २०८१

सुर्खेतमा ट्रक दुर्घटना हुदाँ एक जनाको मृत्यु

  
कर्णाली टाइम्स सोमवार, भदौ २९, २०७७

सुर्खेत । दैलेखको धरमपोखराबाट सुर्खेत तर्फ आउदै गरेको ट्रक रानीमत्ता नजिक दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । ना ४ ख ७७५५ नम्मरको ट्रक बाक्लो हुस्सुका कारण दुर्घटना हुदाँ खैरेनी १२ चितवनका ईश्वर बर्तौलाको ज्यान गएको हो ।

ट्रक सडकबाट ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
विधुतका पोल झारेर सुर्खेत तर्फ फर्कदै गर्दा ट्रक दुर्घटना भएको हो । बाक्लो हुस्सु र भिरका कारण मृतकको लास निकाल्ने प्रयास भइरहको प्रहरीले जनाएको छ ।