बुधबार, माघ ९, २०८१

बुधबार थपिए कर्णालीमा ५१ संक्रमित

  
कर्णाली टाइम्स बुधबार, भदौ ३१, २०७७

सुर्खेत । कर्णालीमा बुधबार ५१ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । प्रदेश अस्पताल सुर्खेत ÷ पछुपन्छी अन्वेषण प्रयोगशाला सुर्खेत, जिल्ला अस्पताल दैलेख, चौरजहारी पीसीआर प्रयोगशाला रूकुमपश्चिममा गरिएको परीक्षणमा ५१ जना कोरोना संक्रमित थपिएका हुन् ।

प्रदेश अस्पताल सुर्खेत ÷ पछुपन्छी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका ३३ जना, सुर्खेतका १३ जना, दैलेख, जाजरकोट, उदयपुरका एक÷एक जना, जिल्ला अस्पताल दैलेखमा गरिएको परीक्षणमा दैलेखका एक जना र चौरजहारी पीसीआर प्रयोगशाला रूकुमपश्चिममा गरिएको परीक्षणमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले बताए । योसँगै कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या २ हजार ९ सय १४ पुगेको छ ।

बुधबार नै कर्णालीका विभिन्न आइसोलेसन सेन्टर र अस्पतालबाट ३६ जना कोरोना संक्रमण निको भएर डिस्चार्ज भएको महाशाखाका प्रमुख शाहीले बताए ।

योसँगै कोरोना संक्रमण निको हुनेको संख्या २ हजार ६ सय ५ पुगेको छ । हालसम्म कोरोनाका सक्रिय बिरामीको संख्या ३ सय ३ रहेको छ ।