कर्णाली टाइम्स
बुधबार, बैशाख ८, २०७८
सुर्खेत । सल्यानको कालिमाटी गाउँपालिका–१ लुहाममा काका–भतिजाबीच झगडा हुँदा भतिजाले काकाको कान खाईदिएका छन् । आपसी विवाद्पछि काका–भतिजा बीच झगडा हुँदा भतिजाले काकाको कान टोकेर खाईदिएको ईलाका प्रहरी कार्यालय लुहामले जनाएको छ ।
हिङ्नाउरे भन्ने गाउँका ५६ बर्षीय काका धन बहादुर कुवँर र भतिजा खिम बहादुर कुँवरबीच गएराति ९ बजेतिर झगडा भएको हो ।
प्रहरीका अनुसार भतिजाले काकाको पूरै कान टोकेर छिनालेका छन् । खोज्दा समेत नभेटिएपछि पीडक खिमलाई सोध्दा ‘रिसको झोकमा खाईदिएको’ बताएका छन् ।
पीडित धनबहादुर कुँवरको काप्रास्थित स्थानीय मेडिकलमा उपचार भईरहेको छ । उनलाई रक्तश्राब रोक्न टाका लगाएपछि आफै प्रहरीमा पुगेर उजुरी दिएको प्रहरीले जनाएको छ ।
बाख्राको विषयलाई लिएर काका–भतिजाबीच झगडा भएको प्रहरीले जनाएको छ ।