कर्णाली टाइम्स
आइतवार, बैशाख १२, २०७८
सुर्खेत । सुर्खेतस्थित प्रशानिक तथा व्यावसायिक निकायहरुले कोरोना महामारीबाट बच्न मास्कको अनिवार्य प्रयोग गर्न जनचेतनामूलक र्याली निकालेका छन् । आइतबार ‘तपाईको मास्क खोई ?’ लेखिएको ब्यानर लिएर प्रमुख जिल्ला अधिकारीसहितले वीरेन्द्रनगर बजार परिक्रमा गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी, नेपाल प्रहरी, सुर्खेत उद्योग वाणिज्य सुर्खेतको आयोजनामा सचेतनामुलक र्याली निकालिएको हो ।
मास्क नलगाएकालाई मास्क वितरण गर्नेसँगै माईकिङ गरेर सचेतना फैलाउन र्याली निकालेर बजार परिक्रमा गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । ‘गोजीमा मास्क भएर पनि नलगाएकाहरलाई महामारीबाट बच्न मास्क लगाउन भन्ने, नभएकाहरुलाई मास्क वितरण गरेका छौं,’ प्रजिअ रिजालले भने, ‘यो सचेतनामुलक र्यालीबाट सबैले सिकेर महामारीबाट बचोस् भन्ने हो ।’