कर्णाली टाइम्स
शनिबार, बैशाख २५, २०७८
सुर्खेत । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढाको मृत्यु भएको छ । शनिबार बेलुका काठमाडौंको सुमेरु अस्पतालमा उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनी केही दिनअघिदेखि अस्पतालमा थेरापी गराईरहेका थिए ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट मेयरमा निर्वाचित बुढा लामो समयदेखि राजनीतिमा सक्रीय थिए ।
उनी डोल्पाबाट प्रतिनिधित्व गरिरहेकी कर्णाली प्रदेशसभा सदस्य बद्मीक्वारी बुढाका श्रीमान् हुन् ।