आइतवार, भदौ २३, २०८१

कर्णालीका नवनियुक्त मन्त्रीद्वारा सपथग्रहण

  
कर्णाली टाइम्स सोमवार, जेष्ठ ३, २०७८
तस्विर सौजन्य : मुख्यमन्त्री शाहीको निजी सचिवालय

सुर्खेत । आइतबार मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले नियुक्त गरेका दुईजना मन्त्रीले सपथग्रहण गरेका छन् । सोमबार दिउँसो प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले नवनियुक्त मन्त्रीहरु गोपाल शर्मा र सिता नेपालीलाई सपथग्रहण गराएका हुन् ।
मुख्यमन्त्री शाहीले शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्री र नेपालीलाई आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए ।
यसअघि बुधवार उनले माओवादीकन तीनजना सांसद्लाई मन्त्री बनाएका थिए । तिमध्ये विन्दमान विष्टलाई सपथ नखुवाएर फिर्ता गराईएको छ । गत साताको बुधवार उनलाई आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त गरिएको थियो ।
शर्मालाई आर्थिक मामिला र नेपालीलाई जलस्रोत मन्त्रालयमा नियुक्त गरिएको थियो । सत्ता साझेदार दल नेपाली काँग्रेसलाई मिलाउन मुख्यमन्त्रीले फिर्ता गर्ने र फेरबदल गर्ने कार्य गरेका हुन् ।
भौतिक पूर्वाधार मन्त्रालय फुटाएर बनाइएको जलस्रोत तथा उर्जा मन्त्रालय चैत २४ गते दल रावलले राजीनामा दिएपछि खाली रहेको सामाजिक विकास मन्त्रालयमा नेपाली काँग्रेसबाट मन्त्री नियुक्त गर्ने योजना मुख्यमन्त्रीको छ ।
वैशाख ३ गते मुख्यमन्त्री शाहीले विश्वासको मत पाएपछि फ्लोर क्रस गर्ने एमालेका सांसद्हरुलाई ४ गते मन्त्री बनाएका थिए । त्यसक्रममा साथ दिएको सत्ता साझेदार दल काँग्रेसलाई सरकारमा सहभागी गराउन मुख्यमन्त्रीले अभ्यास गरेका थिए ।
काँग्रेसले भने सरकारमा कसलाई पठाउने भन्ने टुंगो लगाईसकेको छैन । काँग्रेसका सांसद्हरुले भने सरकारमा सहभागी हुनेबारेमा समेत छलफल नभएको दावी गर्दै आएका छन् ।