आइतवार, भदौ २३, २०८१

सुर्खेतमा २५ गतेसम्म थपियो निषेधाज्ञा (सूचनासहित)

  
कर्णाली टाइम्स शनिबार, जेष्ठ १५, २०७८

सुर्खेत । सुर्खेतमा जारी निषेधाज्ञा जेठ २५ गतेसम्म थपिएको छ । आज रातीदेखि २५ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । शुक्रबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले गरेको सिफारिस अनुसार निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।
कोभिड संक्रमणको दर बढ्न थालेपछि यसअघि वैशाख १४ गतेदेखि २१ गतेसम्म सुर्खेत जिल्लाभर निषेधाज्ञा जारी गरिएको थियो । उक्त निषेधाज्ञा सुरुमा थप वैशाख ३१ गतेसम्म पु¥याईएको थियो । दोस्रापटक थप गरी जेठ १५ गतेसम्म लम्ब्याईएको थियो । यो तेस्रोपटक थप गरिएको हो ।
कोभिड–१९ को जोखिम खासै नघटेकाले यसपटक पनि थप गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।