आइतवार, भदौ २३, २०८१

सुर्खेतमा निषेधाज्ञा खुकुलो बनाईयो, जोरबिजोर प्रणालीमार्फत सार्वजनिक सवारीसाधान चल्ने

  
कर्णाली टाइम्स शुक्रबार, असार १८, २०७८


सुर्खेत। सुर्खेतमा जारी निषेधाज्ञालाई थप खुकुलो बनाईएको छ। कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि वैशाख १४ गतेदेखि जिल्लाभर जारी निषेधाज्ञा खुकुलो बनाईएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ।
आजदेखि जिल्लाभित्र चल्ने सार्वजनिक सवारी साधनहरु जोरबिजोर प्रणालीमार्फत चल्नेछन्। पसलहरु भने दैनिक बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म खोल्न पाईने प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए।