सोमवार, बैशाख १७, २०८१

सुर्खेतमा ‘मोक्षभूमि’मािथ सिंजा संवाद

  
कर्णाली टाइम्स शनिबार, चैत्र १२, २०७८


सुर्खेत। उपन्यास ‘मोक्षभूमि’माथि सुर्खेतको वीरेन्द्रनगरमा संवाद गरिएको छ। कर्णाली साहित्य समाजले शुक्रबार वीरेन्द्रनगरमा ‘मोक्षभूमिमाथि सिंजा संवाद’ आयोजना गरेको थियो।

मोक्षभूमिका लेखक तथा उपन्यासकार केशव दाहालसँग कर्णाली साहित्य समाजका संस्थापक संरक्षक महेशविक्रम शाहले संवाद गरेका थिए। मोक्षभूमिको लेखन, उपन्यासमा भएको विषयवस्तु, कृतिले दिने सन्देशलगायतका विषयमा लेखक दाहालसँग संवाद गरिएको हो।

‘मान्छेले अरुलाई ढाँटेपनि आफ्नो मनलाई कहिल्यै पनि ढाँट्न नसक्ने भएकाले साहित्यसँगको संवाद मखमली हुन्छ,’ संवादका क्रममा उपन्यासकार दाहालले भने, ‘किनकी साहित्य मनदेखि प्रभावित हुने विषयवस्तु हो।’
दास प्रथा र उनमुक्तिका लागि हुने विद्रोहलाई आधार मानेर आफूले मोक्षभूमिको रचना गरेको दाहालले बताए।
कर्णाली साहित्य समाजका अध्यक्ष खगेन्द्र अधिकारी ‘अमृत’ ले सहजीकरण गरेको उक्त संवादमा पिताम्बर ढकाल, युद्धविक्रम शाही, मणिकुमार पोखरेल, उमालाल आचार्य, ऋषिप्रसाद थानी, लिला ढकाल, हरिलाल महतारा, मायाप्रसाद शर्मालगायत श्रष्टा तथा साहित्यकारहरु सहभागी थिए।