शुक्रबार, असोज २५, २०८१

पहिरोले घर पुरिँदा श्रीमान–श्रीमतीको मृत्यु

  
कर्णाली टाइम्स आइतवार, भदौ २३, २०८१


सुर्खेत। जाजरकोटमा पहिरोले घर पुरिँदा श्रीमान–श्रीमतीको मृत्यु भएको छ। आइतबार राति पौने ३ बजे पहिरा जाँदा घरसँगै पुरिएका श्रीमान–श्रीमतीको मृत्यु भएको हो। बारेकोट गाउँपालिका–६ तल्लो धुममा मानबहादुर चलाउनेको घर पहिरोले पुरिएको थियो।
प्रहरी र स्थानीयले घरसँग पुरिएका चलाउने र उनकी श्रीमती ३८ वर्षीया प्रेमकुमारी चलाउनेलाई मृत अवस्थामा निकालेको थियो। प्रेमकुमारी वडा सदस्य हुन्।
शनिबार बेलुकादेखिको वर्षाका कारण आएको पहिरोले चार जना सुतिरहेको घर पुरेको थियो। पहिरोले घर पुर्न थालेपछि मानबहादुरका दाइकी छोरी १६ वर्षीया विमला चलाउने भने सकुशल घरबाट निस्कन सफल भएकी थिइन्।
मानबहादुर र प्रेमकुमारीकी ११ वर्षीया छोरी सम्झना चलाउनेलाई घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत ल्याईएको छ।
मृतकहरुको शव पोस्टमर्टमका लागि प्रक्रिया अगाडि बढाइएको जाजरकोटको प्रहरी प्रमुख डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए।