शुक्रबार, असोज २५, २०८१

जलवायुले कृषिमा पारेको समस्या समाधान गर्नुपर्छः मन्त्री शाह

  
कर्णाली टाइम्स शुक्रबार, भदौ २८, २०८१


सुर्खेत। कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले जलवायु परिवर्तनका कारण कर्णालीमा परेका समस्या समाधानका लागि लाग्नुपर्ने बताएका छन्। साना किसना र कृषि मध्यस्थताकर्ताले उत्पादन गरेको कृषि वस्तुको प्रदर्शनीलाई सम्बोधन गर्दै शाहले कर्णालीमा भएका सम्भावनालाई उपयोग गर्दै नयाँ प्रविधि किसानसम्म पु¥याउनुपर्ने बताए।
जलवायु परिवर्तनले कृषि क्षेत्रमा चुनौती थपिएकोले यसलाई समाधान गर्न सरोकारवालाहरु एकजुट भएर लाग्नुपर्नेमा मन्त्री शाहले जोड दिए।
शुक्रबार भएको एक दिने प्रदर्शनीमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघका एकेक वटा स्टलसहित ३९ स्टलहरु रहेका थिए। जसमा कर्णालीका कृषिजन्य उत्पादन, जडीबुटी, कृषि व्यवसाय योजना र साना किसानले विकास गरेका फार्म अभिलेख प्रदर्शनीमा राखिएको थियो।