शुक्रबार, असोज २५, २०८१

भिजिट कर्णाली यातायतले सुरु गर्यो अनलाइन टिकट प्रणाली

  
कर्णाली टाइम्स मंगलबार, असोज १, २०८१


सुर्खेत। सुर्खेतबाट सञ्चालित भिजिट कर्णाली यातायात प्रालिले अनलाइनमार्फत टिकट वितरण सुरु गरेको छ। याायातले वेबसाईट र मोवाईल एप बनाएर अनलाइनमार्फत यात्रुहरुले टिकट काट्न र सिट छनोट गर्न पाउने व्यवस्था गरेको हो। प्रालिले अनलाई सुविधाका लागि मोवाईल एप ‘भिजिट कर्णाली यातायात’ निर्माण गरेको हो।
भिजिट कर्णाली यातायतले कर्णाली प्रदेशमा पहिलोपटक अनलाइनमार्फत टिकट लिन तथा गाडी रिजर्भ गर्न सकिने व्यवस्था गरेको हो। एक बर्षअघि मात्र सञ्चालनमा आएको प्रालिले प्रविधिको प्रयोगमार्फत यात्रुलाई सहजता दिन अनलाइन प्रणाली सुरु गरेको अध्यक्ष प्रकाश कुमार शाहीले बताए।
प्रालिको मोवाईल एप प्लेस्टोरबाट डाउनलोड गर्न सकिन्छ। उक्त एपमा प्रालिका गाडी जाने गन्तव्य, गाडी नम्बर, सिट नम्बर र भाडादर राखिएको हुन्छ। सोहीअनुसार यात्रुले टिकट बुक गर्न सक्छन्।
बसपार्क र आसपासमा यात्रु खोसाखोस हुने समस्यालाई मध्यनजर गर्दै अनलाइन टिकट प्रणाली सुरु गरिएको उनले बताए। यात्रु खोस्ने र अन्य बहानामा यातायात क्षेत्रमा हुने सिण्डिकेटले प्रालिलाई परेको असर पनि अनलाइन प्रणालीले समाधान हुने अपेक्षा लिईएको उनले बताए।
नेपाल सरकारले निर्धारण गरेको भाडादर निरन्तर कार्यान्वयन गर्दै यात्रुलाई सुविधा दिन आफूहरु नचुकेको अध्यक्ष शाहीले बताए। सरकारले व्यवस्था गरेको ज्येष्ठ नागरिक तथा अपांगता भएकाहरुलाई ५० प्रतिशत छुटको व्यवस्था प्रालिले निरन्तर कार्यान्वयनमा लिएको उनले बताए।
प्रालिले सेवा सुरु गरेयता २३ जना ज्येष्ठ नागरिक र १५ जना अपांगता भएका व्यक्तिलाई ५० प्रतिशत छुटमा यात्रा गराएको अध्यक्ष शाहीको दावी छ।
एक बर्षअघि ९ वटा गाडीबाट सुरु गरेको भिजिट कर्णालीमा हाल ४६ वटा साना गाडी छन्। तीमध्ये १६ वटा स्कर्पियो र ३० वटा बोलेरो जिप छन्।
‘हामीले यात्रुको सहजतालाई मध्यनजर गर्दै सेवा दिने प्रयास गरिरहेका छौं, आगामी दिनमा संघीय राजधानीसम्मको रात्रीकालिन यात्राका लागि सुविधासम्पन्न गाडी थप्ने प्रयासमा छौं।’ अध्यक्ष शाहीले भने।