कर्णाली टाइम्स
आइतवार, मंसिर २, २०८१
सुर्खेत। हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि पाँच दलबाट उम्मेदवारी परेको छ। आइतबार दिउँसोसम्म पाँच दलबाट मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र रास्वपाका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन्।
नेपाली काँग्रेसबाट सबिता बुढा, एमालेबाट जाना शाही, माओवादी केन्द्रबाट देवी तिमल्सेना, राप्रपाबाट संगिता शाही र रास्वपाबाट बाँचु बुढाले उम्मेदवारी दर्ता गराएका हुन्।
गत भदौ ४ गते सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको गाडी दुर्घटना हुँदा सर्केगाडका उपाध्यक्ष चन्द्र सिंह कार्कीको मृत्यु भएको थियो। उनले २०७९ को निर्वाचनमा माओवादीबाट उम्मेदवार बनेर उपाध्यक्ष बनेका थिए।