कर्णाली टाइम्स
बुधबार, मंसिर ५, २०८१
सुर्खेत। हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिएकामध्ये एकजनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
बुधबार उम्मेदवारी फिर्ता लिन तोकिएको समयभित्र एक जनाको उम्मेदवारी फिर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
स्वतन्त्र उम्मेदवारी दिएकी रामसरा खड्काले उम्मेदवारी फिर्ता लिएको कार्यालयले जनाएको छ।
मंसिर २ गते मनोनयनको दिन सात जनाको उम्मेदवारी परेको थियो। एक जनाले उम्मेदवारी फिर्ता लिएपछि अब ६ जनाबीच चुनावी प्रतिस्पर्धा हुनेछ। जसमा पाँच जना राजनीतिक दलबाट र एक जना स्वतन्त्र उम्मेदवार छन्।
नेपाली काँग्रेसबाट बुढा, नेकपा माओवादी केन्द्रबाट देवकी तिमिल्सिना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट संगीता शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बाँचु बुढा उम्मेदवार छन्। स्वतन्त्रबाट नरेश शाही उम्मेदवार छन्।