कर्णाली टाइम्स
सोमवार, मंसिर १०, २०८१
सुर्खेत। रुकुम पश्चिममा चक्कु प्रहार गरी छोराले बुवाको हत्या गरेका छन्। आठबिसकोट नगरपालिका–१० घारीखोलाका ५० वर्षीय दर्वे खत्रीको आइतरबार बेलुकी घरमै चक्कु प्रहार गरी २० वर्षीय छोरा वीरबहादुर खत्रीले हत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार छोराले पेटमा चक्कु प्रहार गर्दा बुवाको घटनास्थलमै मृत्यु भएको थियो।
पैसा माग्दा नदिएपछि छोराले बुवाको पेटमा चक्कु प्रहार गरेको बुझिएको प्रहरी प्रमुख डिएपी नवराज पोखरेलले जानकारी दिए। वीरबहादुर लागुऔषध सेवनकर्ता रहेको खुलेको उनले बताए।
हत्या आरोप लागेका छोरा फरार रहेको र उनको खोजी भइरहेको डिएसपी पोखरेलले बताए। हत्या आरोपी वीर बहादुरको खोजी गर्न प्रहरी परिचालन गरिएको छ।
शव पोष्टमर्टमका लागि जिल्ला अस्पतालमा राखिएको उनले जानकारी दिए।