कर्णाली टाइम्स
आइतवार, मंसिर १६, २०८१
सुर्खेत। उपनिर्वाचनलाई लक्षित गरेर आइतबार कर्णाली राजमार्गको कालीकोट खण्ड बन्द गरिएको छ। निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरेर १३ घण्टाका लागि यो खण्डमा सवारी आवागमत बन्द गरिएको हो।
कालीकोटको तिलागुफा नगरपालिका–६ खल्लागाडबाट वडा नं १ नाग्म बजारसम्मको सडक खण्डमा यातायात बन्द गरिएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ।
तिलागुफा नगरपालिका–४ राँचुलीमा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुने भएकाले यातायातका साधन बन्द गरिएको हो।
खल्लागाडबाट नाग्मबजारसम्म अत्यावश्यक सवारीसाधनबाहेक अन्य सवारीसाधन नचल्ने प्रशासनले जनाएको छ।
आइतबार बिहान ५ बजेदेखि बेलुका ६ बजेसम्म यातायातका साधन चल्न रोक लगाइएको हो।