सुर्खेत। नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले पार्टीको आगामी महाधिवेशन विधानको व्यस्था बमोजिम समयमै हुनुपर्ने बताएका छन्। बिहिबार सुर्खेत आएका कोईरालाले पत्रकारहरुसँग कुरा गर्दै आम निर्वाचनपछि चुनाव गर्ने कुरा स्वीकार्य नहुने बताए।
‘अहिले चलेको हल्ला अनुसार निर्वाचनपछि पार्टीको महाधिवेशन गर्दा नेपाली काँग्रेस धेरै कमजोर हुन्छ, विधानअनुसार ढिलोमा डेढ बर्षमा अधिवेशन गरिसक्नुपर्छ।’ उनले भने।
कोईरालाले आगामी महाधिवेशनमा आफू सभापतिको दावेदार भएको बताए। उनले काँग्रेसमा अहिले गुटउपगुट नरहेको र पार्टी देशभर बलियो रहेको बताए।
देशमा सुशासन कायम हुन नसकेको बताउँदै उनले आर्थिक स्थिति सुधानी सरकार कस्सिनुपर्ने औंल्याए।
आर्थिक अवस्था सुधार, राजनीतिक स्थिरता, सुशासन कायम गराउने उद्देश्यले अहिले दुई ठूला दलक काँग्रेस र एमालेबीच सहकार्य भईरहेको उनले बताए।